वैदेशिक अध्ययन अनुमतिपत्र पुनः सूचारु हुने

काठमाडाैं, ११ भदाै । उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको छ ।

मन्त्रिपरिषद्को यही ९ भदौमा बसेकाे बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोरोना महामारीको जोखिमका कारण सरकारले ३ चैतमा उक्त अनुमति दिने कार्य स्थगनको निर्णय गरेको थियो ।

जोखिम कायमै रहेता पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यही १६ भदौदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिक अध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको छ । रासस

Loading...