वृद्ध उमेरका मानिसहरूमा पनि कोरोना खोप प्रभावकारी

एजेन्सी, ११ भदौ । अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्ना इन्कर्पोरेशनले विकास गरिरहेको कोरोना खोपले वृद्ध उमेरका व्यक्तिमा पनि सकारात्मक प्रभाव पारेको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त खोपले युवा तथा व्यस्यक उमेरका मानिसहरूमा जस्तै वृद्ध उमेरका मानिसमा पनि प्रतीरक्षात्मक प्रणाली विकास गरेको कम्पनीको दाबी छ ।

तेस्रो चरणको परीक्षणमा रहेको मोडर्नाको खोपले ५६ देखि ७० वर्षभित्रका मानिसमा विकास गरेको प्रतीरक्षा प्रणाली ७० वर्षभन्दा माथि तथा १८ देखि ५५ वर्ष उमेरमा निर्माण गरेको प्रतीरक्षा प्रणाली समान देखिएको बताएको छ ।

वृद्ध उमेरका व्यक्तिहरू अन्यको तुलनामा कोरोना भाइरसको जोखिममा धेरै हुने बताइन्छ । उनीहरूको प्रतिरोधात्मक क्षमता कम हुने कारण स्वास्थ्य अधिकारीहरूले खोप वृद्धा अवस्थाका मानिसमा राम्ररी प्रतिक्रिया दिन नसक्ने विषयमा चिन्तित थिए ।

तर, यो खोपको नतिजा देखेपछि खोपले वृद्ध उमेरका लागि काम गर्नेमा स्वास्थ्य अधिकारीहरूले चासो व्यक्त गरेका छन् ।

कम्पनीले १३ हजारभन्दा बढी सहभागीहरूमा खोपको परीक्षण गरेको थियो । जसमध्ये करिब १८ प्रतिशत काला जाति, ल्याटिन तथा अमेरिकाका आदिवासी रहेका थिए ।

Loading...