Rumpum

Rumpum Advertisement

दीपेन्द्रको ‘चिसो मान्छे’मा स्वस्तिमा

दीपेन्द्रको ‘चिसो मान्छे’मा स्वस्तिमा

विराटनगर, ११ भदौ । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्‍न लागेको चलचित्र ‘चिसो मान्छे’मा अभिनेत्री स्वस्तिमा खड्का भित्रिएकी छन् ।

मुख्य भूमिकामा फाइनल भएकी स्वस्तिमा र निर्माणपक्षबीच केही दिन अगाडि मात्र सम्झौता भएको बताइएको छ ।

kala

‘चपली हाइट ३’ रिलिजको प्रतीक्षामा रहेकी स्वस्तिमा फिल्ममा अनुबन्धित भएको खबर बाहिर आएपनि निर्माण टिमले यस विषयमा कुनै औपचारिक घोषणा भने गरेको छैन ।

निर्देशक खनाल र नायिका खड्काले चलचित्र ‘लभ लभ लभ’मा एकसाथ काम गरेका थिए ।

सरकारले अनुमति दिएसँगै चलचित्रको छायाँकन सुरु गरिने हुँदा कलाकार छनाैटको काम धमाधम भइरहेको छ ।

डीएस डिजिटलको ब्यानरमा बन्ने चलचित्रको कथा दीपेन्द्र आफैंले लेखिरहेका छन् । ‘पशुपति प्रसाद’ र ‘आमा’को सफतलतापछि नयाँ फिल्मलाई अझै राम्रो बनाउनु पर्ने चुनौती थपिएको हुँदा स्क्रिप्टमा मेहनत गरिरहेको दीपेन्द्रले बताए ।  

शर्मिला पाण्डेको लगानिमा निर्माण हुने फिल्मलाई ११ भदौ २०७८ मा रिलिज गरिने भएको छ । ‘चिसो मान्छे’ पछि दीपेन्द्रकै निर्देशन र शर्मिलाको लगानीमा ‘लकडाउन’ निर्माण गरिने भएको छ ।