विराटनगरमा थपिए ३८ संक्रमित, कुन वडामा कति ?

विराटनगर, ११ भदौ । विराटनगर महानगरपालिकामा बिहीबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० महिला र १८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार विराटनगरको वडा नंं १ मा एक महिला र दुई पुरुष गरी तीनजना, वडा नं. २ मा एक पुरुष, वडा नं. ३ मा तीन महिला र तीन पुुरुष गरी छजना, वडा नं. ४ मा दुई महिला र एक पुरुष गरी तीनजना, वडा नं. ५ मा एक महिला, वडा नं. ६ मा नौ महिला र दुई पुरुष गरी नौजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, वडा नं. ८ मा एक महिला र दुई पुरुष गरी तीनजना, वडा नं. ९ मा एक महिला, वडा नं. १० मा एक पुरुष, वडा नं. ११ मा एक महिला र दुई पुरुष गरी तीनजना, वडा नं. १५ मा एक महिला र चार महिला गरी पाँचजनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Loading...