दुईबाट तीन हुँदै विराट–अनुष्का

विराटनगर, ११ भदौ । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली मातापिता बन्ने भएका छन् ।

विराटले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत् एक तस्बिर शेयर गर्दै आउँदो जनवरीमा पहिलो सन्तानको स्वागत गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् । गर्भवती अनुष्कासँगको तस्बिर पोस्ट गर्दै विराट लेख्छन्, ‘अन्ततः हामी तीन । २०२१ जनवरीमा आगमन हुँदै ।’ सार्वजनिक तस्बिरमा अनुष्का र विराट निकै खुसी देखिन्छन् ।

विराट र अनुष्काले केही वर्षको प्रेम सम्बन्धपछि सन् २०१७ मा विवाह गरेका थिए । विवाह गरेको तीन वर्षपछि अनुष्का गर्भवती भएकी हुन् । अनुष्का गर्भवती रहेको थाहा भएसँगै उनका फ्यान तथा आफन्तहरूले शुभकामना दिइरहेका छन् ।

Loading...