नेपालमा १८३ संक्रमितको मृत्यु

विराटनगर, ११ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।

बिहीबार थप ८ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टायता थप ८ जनाले ज्यान गुमाएकाे मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैमले जनाएका छन् ।

उनका अनुसार आज पाँच महिला र तीन पुरुषकाे काेराेनाबाट ज्यान गएकाे हाे । यसरी मृत्यु हुनेमा ललितपुर, बारा, कास्की, रुपन्देही, बाँकेकी एक महिला रहेका छन् ।

यस्तै काठमाडाैं, पर्सा र कपिलवस्तुका एक-एक पुरुषकाे मृत्यु भएकाे छ ।

मन्त्रालयले आज ३३४ महिला र ७७७ पुरुष गरी थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ ।

यससँगै संक्रमितकाे संख्या ३५ हजार ५२९ पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...