आज एकै दिन थप १ हजार १११ जना नयाँ संक्रमित थपिए

विराटनगर, ११ भदौ । नेपालमा बुधबार एकै दिन थप १ हजार १११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३३४ महिला र ७७७ पुरुष गरी थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १२ हजार ६२९ जनाको परीक्षणमा थप ११ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै संक्रमितकाे संख्या ३५ हजार ५२९ पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

बिहीबार थप ८ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।

Loading...