Rumpum Advertisement

कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार नाघ्यो

कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार नाघ्यो

विराटनगर, ११ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुनेकाे संख्या २० हजार नाघेकाे छ ।

बिहीबार थप जना ५६९ जना निकाे भएसँगै काेराेनामुक्त हुनेकाे संख्या २० हजार ७३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिएकाे छ ।

कुल संक्रमितमध्ये ५६ प्रतिशतले काेराेना जितेका हुन् ।

मन्त्रालयले आज ३३४ महिला र ७७७ पुरुष गरी थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ ।

यससँगै संक्रमितकाे संख्या ३५ हजार ५२९ पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

बिहीबार थप ८ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।