Rumpum

Rumpum Advertisement

विराटनगरमा ३८ सहित प्रदेशमा थपिए ९० संक्रमित

विराटनगरमा ३८ सहित प्रदेशमा थपिए ९० संक्रमित

विराटनगर ११ भदौ । विराटनगर महानगरपालिकाभित्र ३८ सहित प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना छन् ।

विराटनगरमा २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला, ४ पुरुष र सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा ४ महिला, ८ पुरुष, इटहरीमा २ महिला, ८ पुरुष, गढीमा २ महिला, २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला, २ पुरुष, इनरुवामा १ महिला १, पुरुष थपिएका छन् ।

संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामको इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीन हजार ३० पुगेको छ ।

प्रदेश १ बाट आज ८१ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, काली सदन आइसोलेसन, विराटनगरबाट १ र होम आइसोलेसनबाट २९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या एक हजार चार सय ९६ पुगेको छ ।