भावुक बन्दै पीएसजीबाट बिदा भए सिल्भा

एजेन्सी, ११ भदौ । ब्राजिलियन डिफेन्डर थियागो सिल्भाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोडेका छन् । सन् २०१२ मा फ्रान्सको राजधानी पेरिस आएका उनले आठ वर्ष पीएसजी बसाइ बिट मारेका हुन् ।

आठ वर्षअघि इटालियन क्लब एसी मिलानबाट पीएसजी आएका उनले सात पटक लिग वानको उपाधि जिते । उनले पीएसजी बसाइका क्रममा २३ वटा उपाधिहरू जितेका छन् ।

अब पीएसजी छोडेपछि भने ३५ वर्षीय डिफेन्डर सिल्भा क्लबविहीन छन् ।

तथापि, उनी इंग्लिस क्लब चेल्सी जाने चर्चा छ । प्रिमियर क्लब चेल्सीकै लागि पीएसजीका कप्तानसमेत रहेका सिल्भाले क्लब छोडेको चर्चा छ ।

बुधबार राति सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् उनले पीएसजी छोडेको पुष्टि गरे । उनले पीएसजी छोड्दैगर्दाको आफ्नो भावुकता त्यहाँ उल्लेख गरेका छन् ।

‘आजबाट मैले पीएसजीको आठ वर्षे बसाइ अन्त्य गरेको छु । सबै सहकर्मीहरूलाई धन्यवाद दिन चाहन्छु । यस्तै कोचिङ स्टाफ तथा बोर्ड, समर्थक तथा परिवार । एकसाथ समय काट्ने सबैलाई धन्यवाद ।’

‘यहाँ म श्रीमतीका साथ एकसाथ थिएँ । हामीले अवस्मरणीय पलहरूको आनन्द उठायौं । मेरा सन्तान यहीँ हुर्के । हामी फ्रान्सका नागरिक भयौं । यी सबै कुरा सधैंका लागि मनमा लिएर जाँदैछु’, उनले लेखेका छन् ।

https://www.instagram.com/p/CEXbv6Blza-/?utm_source=ig_web_copy_link
Loading...