चेल्सीका चार खेलाडीमा कोरोना पुष्टि

एजेन्सी, ११ भदौ । चेल्सीका चार खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत साता चेल्सीले गरेको खेलाडीको परीक्षणमा चार जनाको रिपोर्ट पोजिटिभ आएको बिहीबार विज्ञप्ति जारी गर्दै लण्डन क्लबले जनाएको छ । यद्यपि, चेल्सीले उनीहरूको पहिचान खुलाएको छैन ।

तर, बेलायती मिडिया डेलीमेलका अनुसार मासोन माउन्ट, ट्यामी अब्राहम, क्रिस्टियन पुलिसिक र फिकायो टोमोरी क्वारेन्टाइनमा रहेको जनाएको छ ।

उनीहरू सिजन सकिएपछि बिदा मनाउन ग्रिक आइसल्याण्ड गएका थिए ।

हाल चेल्सीले प्रि–सिजन टुरको तयारी गरिरहेको छ । तर, चार जनालाई कोरोना संक्रमण भइ आइसोलेशन बसेपछि उसको प्रि–सिजन अन्यौलमा परेको छ ।

चेल्सीले १४ सेप्टेम्बरबाट नयाँ सिजनको प्रिमियर लिगको थालनी गर्दैछ । उसले ब्राइटनसँग भिड्दै २०२०–२१ को सिजन सुरु गर्न लागेको हो ।

Loading...