सेटिनले पनि पठाए बार्सिलोनालाई फ्याक्स

एजेन्सी, ११ भदौ । पूर्वप्रशिक्षक क्वीक सेटिनले पनि बार्सिलोनाको कार्यालयमा फ्याक्स पठाएका छन् । स्पेनिस मिडियाहरूका अनुसार बार्सिलोना र कप्तान मेस्सीबीच उत्पन्न समस्याका विषयमा सेटिनले फ्याक्स पठाएका हुन् ।

अर्जेन्टिनी स्टार मेस्सीले केही दिनअघि मात्र बार्सिलोनाको कार्यालयमा फ्याक्स गर्दै आफूलाई क्लब छोड्ने वातावरण मिलाइदिन आग्रह गरेका थिए । मंगलबार साँझ क्लब छोड्ने औपचारिक निर्णय गर्दै उनले बार्सिलोनालाई फ्याक्स पठाएका थिए ।

त्यसको भोलिपल्ट नै सेटिनले आवश्यक कागजातका लागि फ्याक्स गरेको हुन् । अरु कुनै क्लबमा प्रशिक्षकको रूपमा काम गर्नका लागि उनलाई बार्सिलोनाबाट केही कागजातहरू आवश्यक हुन्छ । र, उनले सोही कागजातका लागि बार्सिलोनामा फ्याक्स पठाएका हुन् ।

त्यसबाहेक सो फ्याक्समा बार्सिलोना र मेस्सीबीच उत्पन्न समस्यालाई पनि जोडिएको बताइएको छ । सेटिनलाई बार्सिलोनाले १७ अगस्टमा नै बर्खास्त गरेको थियो ।

च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ गोलको लज्जास्पद हार ब्यहोरेको तीन दिनपछि बार्सिलोनाले सेटिनलाई बर्खास्त गरेको थियो ।

Loading...