१२ मिनेटभित्रै भाइरस पत्ता लगाउने नयाँ परीक्षण विधि

विराटनगर, ११ भदौ । १२ मिनेटभित्रमै कोरोना भाइरस संक्रमण पत्ता लगाउने नयाँ परीक्षण विधिको विकास गरिएको छ ।

स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स कम्पनीसँग सम्झौतामा गरी अब विशेष प्रकारको टेस्टिङ किट प्रयोग गरेर नयाँ र सजिलो तरिकाले कोरोना परीक्षण विधिको विकास गरेको हो । स्कटल्याण्ड सरकारका मन्त्री इवान म्याक्कीले लुमिराडिएक्ससँग गरिएको सम्झौताअनुरुप त्यहाँका स्वास्थ्य सेवा एजेन्सीका लागि १२ मिनेटमा हुने कोरोना टेस्टिङको सामान दिने भएको छ ।

बीबीसीमा उल्लेख गरिएअनुसार लुमिराडिएक्सका मुख्य कार्यकारी रान ज्वानगिजगरले नतिजा छिटो मात्र नभई सही पनि हुने हुँदा यसको आधारमा बिरामीको उपचार चाँडै नै हुन सक्ने बताएका छन् । परीक्षणमा नाकबाट लिइएको स्वाबको परीक्षण कोभिड–१९ एन्टिजन प्रोटिनका लागि गरिनेछ ।

टेस्टिङ डिभाइस क्लाउन्ड सिस्टमसँग जोडिएको हुने हुँदा स्वास्थ्य अधिकारीहरूले भाइरसको विस्तारबारे चाँडै नै जानकारी प्राप्त गर्न सक्नेछन् । टेस्टमा विशेष प्रकारको टेस्टिङ डिभाइस र विशेष प्रकारको स्ट्रिपको प्रयोग हुनेछ । लुमिराडिएक्सले स्टरलिङमा रहेको आफ्नो कारखाना विशेष परीक्षण स्ट्रिपहरू बनाउनेछ ।

यो नयाँ तरिकाको कोरोना परीक्षणमा प्रयोग हुने मेसिन निकै सजिलो र एक स्थानबाट अर्को स्थानमा लैजान सकिने हुँदा सानो क्लिनिकमा समेत प्रयोग गर्न सकिन्छ । यस नयाँ विधिका लागि सरकारले तनसय ¥यापिड टेस्टिङ मसिन र पाँच लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्ने भएको छ ।

Loading...