Rumpum

Rumpum Advertisement

शरीरमा आइरनको कम स्तरले निम्तिने समस्याहरू

शरीरमा आइरनको कम स्तरले निम्तिने समस्याहरू

विराटनगर, ११ भदौ । शरीरलाई स्वस्थ र उर्जाले भरिपूर्ण राख्नका लागि आइरनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

शरीरमा हुने आइरनको कम स्तर सामान्य छ । तर, आइरनको स्तर निकै कम हुँदै गएमा र उपचार नगरिएमा, आइरनको डिफिसेन्सी इनेमिया (आईडीए)नामक रूपमा चिनिने अधिक गम्भीर अवस्थामा विकसित हुन सक्छ । आईडीए हुँदा रगतमा पर्याप्त स्वस्थ, अक्सिजन बोक्ने रातो रक्तकोषहरू समावेश हुँदैन ।

शरीरमा आइरनको स्तर कम हुँदै जाँदा थकान, उर्जाको कमी, सास फेर्न कठिनाई, केही कुरामा ध्यान दिन नसकिने, कमजोर एकाग्रता, शरीरको तापक्रम नियमित नहुने, चिसो महसुस हुने, फिक्का छाला, मुटुको धड्कन बढ्ने, टाउको दुखाइ, टाउको भित्र आवाज सुनिने, चिलाउने, जिब्रो दुख्ने वा निल्न गाह्रो हुने लक्षणहरू निम्त्याउन सक्छ ।

साथै, खाना खाँदा स्वाद थाहा नपाउने, कपाल झर्ने, बरफ वा फोहोरजस्तो गैर खाद्य वस्तुहरू खान मन लाग्ने, नङहरूमा समस्या, खुट्टा चलाउन मन हुने पनि शरीरमा आइरनको मात्रा कम भएमा देखिने लक्षणहरू हुन् । सुरुको चरणहरूमा आइरनको कमी भएको सजिलोसँग थाहा हुँदैन । आहारमा ध्यान दिँदा पनि शरीरमा आइरनको स्तर कम भइरहेमा आइरन सप्लिमेन्टहरूको प्रयोग गर्न सकिन्छ ।

गर्भवती, शिशु तथा साना बच्चाहरू, महिनावारीमा अत्यधिक रक्तश्राव भएमा, लगातार रक्तदाताहरू, क्यान्सरले ग्रस्त व्यक्ति, पेटसम्बन्धी समस्याहरू, हृदय रोग, आइरनको स्तर कम हुने औषधीको सेवन गर्नेहरू, भारी व्यायाम गर्नेहरू, साकाहारी, रगतसम्बन्धी विकारहरू भएका तथा मदिरा सेवन गर्नेहरूले आइरन सप्लिमेन्टहरूको प्रयोग गर्न सक्छन् ।

तर, अनावश्यकरुपमा आइरन सप्लिमेन्टहरूको प्रयोगले स्वास्थ्यलाई हानी पु¥याउन सक्छ, आइरनको अधिक मात्राले पाचन समस्या, कोषको क्षति, गम्भीर अवस्थामा अंग बिग्रिने, कोमा वा मृत्युसमेत निम्त्याउन सक्छ । नकरात्मक साइड इफेक्ट कसैमा पनि देखा पर्न सक्छ, तर विशेषगरी बच्चाहरूमा घातक देखिन्छ ।

त्यसकारण, आइरन सप्लिमेन्टहरूको प्रयोग गर्नुअघि शरीरमा आइरनको मात्रा जाँच गरेर डाक्टरको सल्लाहअनुसार मात्र आइरन सप्लिमेन्टहरूको प्रयोग गर्नु पर्छ ।