रुसले अब अर्को कोरोना खोप स्वीकृत गर्ने तयारीमा

विराटनगर, १० भदौ । ‘स्पूतनिक भी’ नामक कोरोना खोप सुरु गरेपछि रुसले अब अर्को कोरोना खोप स्वीकृत गर्ने तयारी गरिरहेको छ ।

देशका उपप्रधानमन्त्री तात्याना गोलिकोवाले सेप्टेम्बर वा अक्टुबरको अन्त्यसम्ममा नयाँ खोप स्वीकृत गर्ने तयारीहरू पूरा हुने जानकारी दिएका हुन् । एक बैठकको क्रममा गोलिकोवाले साइबेरियाको भेक्टर स्टेट रिसर्च सेन्टर भोरोलोजी एन्ड बायोटेक्नोलोजीले विकसित गरेको दोस्रो कोभिड १९ खोपको क्लिनिकल परीक्षण सेप्टेम्बरको अन्त्यसम्म पूरा हुने राष्ट्रपति भ्लादिमीर पुतिनलाई बताएका थिए ।

बीबीसीमा उल्लेख गरिएअनुसार पहिलो र दोस्रो चरणमा दिइएको खोपका कारण खोप लिएकाहरूमा कुनै पनि जटिलता देखाइएको छैन । रुसले यो नयाँ खोपलाई अक्टोबरमा दर्ता गरी नोभेम्बरसम्म उत्पादन गर्ने आशा राखेको छ । तर, दुुई महिनाको परीक्षणपछि स्वीकृति पाएको रुसको पहिलो खोप ‘स्पूतनिक भी’ जस्तै दोस्रो खोप ‘इपि वाक कोरोना’ बारे पनि चिन्ता व्यक्त गरिरहेका छन् ।

रुसका अधिकारीहरूले स्पूतनिक भी पूर्णरूपमा सुरक्षित र प्रभावकारी रहेको बताए पनि पश्चिमी देशका विज्ञहरूले यो खोपको प्रयोगको बारेमा चेतावनी दिएका छन् भने खोलाई अन्तर्राष्ट्रिय तवरमा परीक्षण गरिनु पर्नेसमेत बताएका थिए ।

Loading...