Rumpum Advertisement

गर्भावस्थामा तौल वढी भए बच्चाको मस्तिष्क विकासमा बाधा

गर्भावस्थामा तौल वढी भए बच्चाको मस्तिष्क विकासमा बाधा

विराटनगर, ११ भदौ । बढी तौल भएका गर्भवती महिलाहरूको बच्चाको मस्तिष्क विकासमा बाधा पु¥याउन सक्ने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् ।

जर्नल अफ चाइल्ड साइकोलजी एन्ड साइकियाट्री जर्नलमा प्रकाशित उक्त अध्ययनले दोस्रोदेखि त्रैमासिकमा (६ महिना वा सोभन्दा बढी) रहेका गर्भवती महिलाहरूमा अत्यधिक तौल वृद्धिले मस्तिष्कको विकासमा बाधा पु¥याउन सक्ने देखाएको छ । मोटेपनको सूचकलाई जोडिएको हाई बडी मास इन्डेक्स (बीएमआई) लाई प्रिफ्रन्टल कोर्टेक्स र एन्टेरियर इन्सुला नामक दुई दिमागका क्षेत्रहरूमा परिवर्तन गर्ने गर्छ ।

यी क्षेत्रहरूले निर्णय लिन र व्यवहारमा महत्वपूर्ण भूमिका खेल्छन् । यसमा आएको परिवर्तन र अवरोधहरूले ध्यान नलाग्ने, हाइपर एक्टिभिटी डिसअर्डर (एडीएचडी), अटिजम र धेरै खाने साथ जोडिएको हुन्छ । २७ देखि ४७ बीएमआई भएका १०९ महिलाहरूमा गरिएको अन्वेषणका अनुसार आमाको मोटोपनाले भु्रणको मस्तिष्कको विकासमा भूमिका खेल्ने न्यूयोर्क युनिभर्सिटीका अध्ययन लेखक मोरिया थमसन बताउँछिन् ।

अध्ययनले उच्च बीएमआई भएका आमाहरूबाट जन्मेका बच्चाहरूमा केही संज्ञानात्मक र मेटाबोलिक स्वास्थ्यमा देखा पर्ने समस्याको वर्णनसमेत गर्न सक्ने बताइएको छ । अध्ययनकर्ताहरूले आमाको तौलले बच्चाको शरीरमा निम्तिन सक्ने समस्याहरूका बारेमा पनि थप अनुसन्धान गर्ने भएका छन् ।