बुटवलमा कोरोना संक्रमितको मृत्यु

विराटनगर, ११ भदौ । बुटवलमा एक जना कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

ती पुरुष बटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थिए । कपिलवस्तु नगरपालिका–१ घर भएका संक्रमितको बुधबारराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकमा भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । उपचारका लागि भर्ना गरिएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता लगायत स्वास्थ्य सम्बन्धी अरु धेरै समस्या रहेको बताइएको छ ।

Loading...