Rumpum

Rumpum Advertisement

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर, ११ भदौ । मुलुकका विभिन्न स्थानमा बिहीबार (आज) दिउँसो हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने जनाइएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

राति भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । भारी वर्षा भएमा देशका विभिन्न भागका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्।

हाल मनसुन न्यून चापीय रेखा पश्चिमी भू–भाग नजिक रहेको र उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव परेकाले मौसम बदली भई वर्षा हुने सम्भावना रहेको मौसमविद विभूति पोखरेलको भनाइ छ ।