गोली लागेर दुई प्रदर्शनकारीको मृत्युपछि विस्कनसिन तनावग्रस्त

विराटनगर, ११ भदौ । प्रदर्शन जारी रहँदा प्रहरीले चलाएको गोली लागेर मेरिकाको विस्कनसिन राज्यको केनोश शहरमा दुई जनाको मृत्यु भएको छ ।

अश्वेत युवामाथि प्रहरीले गोली चलाएको हो । गोली लगेर दुई प्रदर्शनकारीको मृत्यु भएपछि अहिले विस्कनसिन तनावग्रस्त बनेको छ ।

२९ वर्षका अश्वेत ज्याकोब ब्लेकमाथि प्रहरीले गोली चलाएको विरोधमा भएको प्रदर्शनको क्रममा मंगलबार राति गोली चल्दा अर्का एक जना घाइते भएका छन् । सो घटनामा संलग्न भएको अभियोगमा १७ वर्षका एक जना किशोर पक्राउ परेका छन् ।

प्रहरीले गत आइतबार २९ वर्षका ब्लेकमाथि गोली हानेको थियो । कारको ढोका खोल्न लाग्दा विस्कनसिनको केनोश शहरमा उनीमाथि पटकपटक गोली प्रहार भएको हो । ढाडमा प्रहरीको गोली लागेर उनी घाइते भएका थिए । प्रहरीको गोली लागेका ब्लेकको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनी होसमा आए पनि अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

त्यसयता प्रदर्शन उग्र बन्दै गएको छ । प्रर्दशनले हिंसात्मक रुप लिएपछि अवस्था नियन्त्रण बाहिर गएको छ । हिंसात्मक प्रदर्शन बढेपछि प्रहरीले चलाएको गोलीले दुई जनाको मृत्यु हुँदा केनोश शहरमा सुरक्षाकर्मीको तैनाथी थप बढाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्कनसिनमा थप संघीय फौज पठाउने बताएका छन् ।

मंगलबार रातिको घटना प्रदर्शनकारी र स्थानीय पेट्रोल स्टेशनमा गार्ड गरिरहेका हतियारयुक्त व्यक्तिबिचको विवादका कारण भएको बताइएको छ ।

Loading...