जोखिममा सफाइ कर्मचारी

विराटनगर, ११ भदौ । सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीले निकै जोखिमयुक्त अवस्थामा काम गर्ने गरेको पाइएको छ ।

जोखिम हुँदा पनि सावधानीपूर्वक यस क्षेत्रमा खटिएको भन्दै स्वास्थ्य क्षेत्रका कर्मचारीले आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने माग गरेका छन् । फोहोरबाट पुनः प्रयोग हुन सक्ने कवाड वस्तु छुट्याउने काम गरेर जीविका चलाइरेकी माया तामाङले कोरोना भाइरस महामारीका बीच यस क्षेत्रमा काम गर्ने सम्भव भए सम्मका सावधानी अपनाएर काममा खटिरहेको बताइन् ।

उपत्यकामा घर÷घरमा पुगेर फोहोर सङ्कलन गर्ने अनौपचारिक क्षेत्रमा दुई हजार तीन सय कर्मचारी रहेको विभिन्न संस्थाको तथ्याङ्क छ । लुमन्ती संस्थाले यस्ता कर्मचारीको स्वास्थ्य सुरक्षा गर्न सेनिटाइजर लगाउने र हात धुने लगायतका सावधानी अपनाउने ठाउँ बनाइदिएकोे, ४५ वटा
पीपीए उपलब्ध गराएको छ, त्यो पर्याप्त छैन, सबैलाई पुग्दैन उनले भनिन् ।

यस क्षेत्रका कामदारसँग काम गरिरहेका गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले समुदायमा कोरोना सङ्क्रमण फैलन नदिन सरसफाइको क्षेत्रमा काम गर्ने सबै कर्मचारीको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रदान र कोरोना बीमा गराएको महानगरका अधिकृत प्रदीप अमात्यले बताए । कोभिड–१९ महामारीको आपत्कालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला निर्देशिका–२०७७ जारी भएको छ । उक्त निर्देशिका अनुसार सरसफाइ कर्मचारीले लामो बाहुला भएको ग्राउन, बुट, मोटो÷बलियो पञ्जा, मास्क, फेस सिल्ड लगाउनुपर्ने उल्लेख छ । घरायसी वा स्वास्थ्य संस्थाबाट निस्कने फोहोर छुट्याउने, छान्ने र फोहोरको पुनः प्रयोग नगर्न भनिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...