Rumpum

Rumpum Advertisement

कोरोना सङ्क्रमितको सामग्रीमा सावधानी आवश्यक

कोरोना सङ्क्रमितको सामग्रीमा सावधानी आवश्यक

विराटनगर, ११ भदौ । काठमाडौँको मैतीदेवीमा एक व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भए । उनलाई अस्पतालको आइसोलेसनमा राख्न लगियो ।

भित्र रहेका अन्य व्यक्ति १५ दिनको होम क्वारेन्टाइनमा बसिरहे तर व्यक्ति बसेको घर, कोठा र उसले प्रयोग गरेका सरसामान कसरी सङ्क्रमणमुक्त पार्ने भन्ने बारेमा अन्योल देखियो । जसका कारण छरछिमेकसमेत घर नजिक जान डराए । यो मात्र होइन अचेल मास्क लगायत सङ्क्रमित र सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री पनि घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् ।

कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन् । कोरोना भाइरसको सङ्क्रमण बिरामीले प्रयोग गरेको मास्क, ओढ्ने ओछ्याउने र प्रयोग गर्ने अन्य वस्तुबाट सर्ने जोखिम उत्तिकै रहन्छ । सङ्क्रमणको जोखिमसँगै वातावरण पनि दूषित बनाइरहेको वातावरण विभागका वातावरणविद् भूपेन्द्र शर्माले बताए ।

सबैभन्दा बढी जोखिम सङ्क्रमित र स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कले बढाइरहेको विज्ञहरुको भनाइ छ । फोहोरको थुप्रोमा, ढल तथा नदीमा र सडक छेउछाउमा फालिने मास्कमा भाइरस रहेको खण्डमा त्यसलाई छुने व्यक्तिलाई पनि सङ्क्रमण हुनसक्ने खतरा रहन्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि फोहोर तथा सङ्क्रमणयुक्त मास्कबाट कोरोना भाइरस सर्न सक्ने जोखिम रहेको स्वीकार गरे । मास्क मुखबाट हटेको आठ घण्टामा भाइरस मरिसक्ने दाबी उनको छ । उनका अनुसार बिरामीले प्रयोग गरेको ओढ्ने, ओछ्याउने तथा प्रयोग गरेका सामग्रीमा पनि लामो समय भाइरस रहँदैन तर बिरामीको सम्पर्कमा रहनेले सावधानी अपनाएर मात्र त्यस्ता चिजबिज छुनुपर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ