Rumpum

Rumpum Advertisement

भारतमा कोरोनाले ६० हजार बढीको मृत्यु

भारतमा कोरोनाले ६० हजार बढीको मृत्यु

विराटनगर, ११ भदौ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० हजार बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै एक हजार १७ जनाको मृत्यु भएपछि कोरोनाका कारण ६० हजार छ सय २९ जनाले ज्यान गुमाएका हुन् । हालसम्म भारतमा ३३ लाख सात हजार सात सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । विश्वमा प्रभावित हुने मुलुकमध्ये भारत तेस्रो नम्बरमा पर्छ ।

एकै दिन ७५ हजार नौ सय ९५ जना नयाँ संक्रमित थपिएका छन् । थपिनेको संख्या केही दिनयताको उच्च हो । २५ लाख २३ हजार चार सय ४३ जना उपचारपछि निको भएका छन् । सात लाख २३ हजार छ सय ७७ जना उपचाररत रहेका छन् ।

विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म कोरोनाका कारण एक लाख ८३ हजार छ सय चार पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय ४० जनाको ज्यान गयो ।

५९ लाख ९८ हजार ५८ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ४२ हजार तीन सय ३० जना नयाँ बिरामी थपिएपछि संक्रमित हुनेको संख्या ६० लाख नजिक पुगेको हो ।

३२ लाख ९५ हजार सात सय ७९ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । २५ लाख १८ हजार छ सय ७५ जना उपचाररत रहेकोमा १६ हजार पाँच सय २६ जनाको अवस्था गम्भीर छ ।

प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा हालम्म एक लाख १७ हजार सात सय ५६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । एकै दिन एक हजार ९० जनाले ज्यान गुमाए ।

संक्रमित संख्या ब्राजिलमा ३७ लाख २२ हजार चार पुगेको छ । पछिल्लो २४ घण्टामा ४७ हजार आठ सय २८ जना नयाँ संक्रमित थपिए ।

२९ लाख आठ हजार आठ सय ४८ जना कोरोना पराजित गर्न सफल भएका छन् । छ लाख ९५ हजार चार सय जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमै कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख २८ हजार सात सय १८ पुगेको वाल्डोमिटरले जनाएको छ । छ हजार एक सय ५० जनाले २४ घण्टाभित्रमा ज्यान गुमाए ।

विश्वमा संक्रमित हुनेको संख्या दुई करोड ४३ लाख १४ हजार आठ सय १० जना पुगेको छ । एकै दिन दुई लाख ६३ हजार पाँच सय ४० नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म एक करोड ६८ लाख ४१ हजार पाँच सय आठ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । ६६ लाख ४४ हजार पाँच सय ८४ जना उपचार गराइरहेका छन् । उपचाररतमध्ये ६१ हजार आठ सय ७२ जनाको अवस्था गम्भीर छ ।