सीपीएल : सन्दीपको टोली जमैका र बार्बाडोस भिड्दै

सीपीएल : सन्दीपको टोली जमैका र बार्बाडोस भिड्दै

विराटनगर, १० भदौ । जारी क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोलीले बिहीबार बिहान आफ्नो पाँचौ खेल खेल्दैछ ।

नेपाली समयानुसार बिहीबार बिहान सवा तीन बजे हुने सो खेलमा जमैकाले बार्बाडोस ट्रिडेन्टससित खेल्नेछ ।

ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा हुने यस खेलमा जमैका तेस्रो जितको खोजीमा हुनेछ । यसअघि चार खेलमध्ये जमैकाले दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

चार अंक जोडेको जमैका अंक तालिकाको चौथो स्थानमा छ । यस खेलमा सन्दीप सुरुआती सेटमै पर्ने सम्भावना छ ।

यसअघि उलने बुधबार बिहान भएको खेलमा निकै किफायती बलिङ गरेका थिए । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दीपले एक विकेट लिए ।

उनले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिए । योसँगै जारी प्रतियोगितामा सन्दीप ४ खेलमा ५ विकेट लिन सफल भएका छन् ।