कांग्रेस नेता सिटौलाको आरोप : सरकारले जनताको पीडा सम्बोधन गरेन

झापा, १० भदाै । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार नेपालीहरूको साझा सरकार बन्न नसकेको आरोप लगाएका छन् ।

झापाको चन्द्रगढीमा बुधबार आयोजित कार्यक्रममा नेता सिटौलाले सरकारले जनताको पीडा सम्बोधन नगरेको आरोप लगाएका हुन् ।

राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको दाबी गर्दै उनले भने, “कोरोना महामारीको संकटका बेलामा सरकारले जनताको पीडा सम्बोधन गर्न सकेको छैन ।”

एकल जहानियाँ राणा शासनकालदेखि श्रमजीवी वर्गको उन्नतिका लागि काँग्रेस लड्दै आएको स्मरण गर्दै नेता सिटौलाले समाजवाद कागजमा होइन व्यवहारमा ल्याउन कांग्रेस बाहेक अन्य दलले नसक्ने जिकिर गरे ।

Loading...