Rumpum

Rumpum Advertisement

पञ्जाबी गीतमा अदिती (भिडियोसहित)

पञ्जाबी गीतमा अदिती (भिडियोसहित)

विराटनगर, १० भदौ । ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीले अभिनय गरेको एक पञ्जाबी गीतको भिडियो सार्वजनिक भएको छ ।

केही समयअघि मुम्बइमा रहेर मोडलिङमा व्यस्त रहेकी अदितीको ‘रुसिया लग्दा ए’ बोलको गीत सार्वजनिक भएको हो ।

अदितीले गीतका गायक राहुल लखनपालसँग रोमान्स गरेको भिडियोमा देख्न सकिन्छ । गीत सार्वजनिक भएसँगै दर्शकको राम्रो साथ पाएको छ । अदितीले यसअगाडि पनि पञ्जाबी गीतको भिडियोमा काम गरिसकेकी छन् ।

दुई वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्न लागेकी अदिती अहिले दोश्रो चलचित्र ‘बेन्जो’को तयारीमा छिन् । ‘कृ’ फिल्म निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्ने फिल्ममा युवा पुस्ताका चर्चित गायक नितेशजंग कुवँर र अदितीको मुख्य भूमिका रहने चर्चा भइरहेको छ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै चलचित्र क्षेत्र नै ठप्प भएपछि अदितीले काम गर्न लागेको फिल्मको छायांकन सुरु हुन सकेको छैन । फिल्मको तयारीमा व्यस्त उनी हाल नेपालमै छिन् ।