रियल मड्रिडलाई यूईएफए युथ लिगको उपाधि

एजेन्सी, १० भदौ । स्पेनिस क्लब रियल मड्रिडको यू–१९ टिमले पहिलो पटक यूईएफए युथ लिगको उपाधि जितेको छ ।

मंगलबार राति भएको फाइनल खेलेमा पोर्चुगिज क्लब बेन्फिका यू–१९ टोलीलाई ३–२ गोलले हराउँदै युथ लिगको उपाधि जितेको हो ।

स्वीट्जरल्याण्डस्थित कोलाभरी स्पोर्ट्स सेन्टमा भएको खेलमा रियललाई जिताउन पाब्लो रोड्रिग्वेज डिलगाडो र मागुएल गुटिरेज ओर्टेगाले समान एक–एक गोल गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । बेन्फिकाका हेनरिक जोकुले आत्मघाती गोल गरेका थिए ।

यता, बेन्फिकाका गोन्कालो रामोसले दुई गोल फर्काएका थिए ।

यससँगै रियलले पहिलो पटक युथ लिगको उपाधि जितेको हो । सन् २०१३ देखि युथ लिग आयोजना भइरहेको छ ।

Loading...