सामूहिक प्रयासबाट कोरोना नियन्त्रण : मन्त्री ढकाल

काठमाडाैं, १० भदाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे बुधबार मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आव्हान गरेका छन् ।

मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए ।

कोरोनाविरुद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिँदै सबैले उनीहरूको हौसला बढाउनुपर्ने मन्त्री ढकालले बताए ।

Loading...