यस्ता छन् फर्सीको मुन्टा खानुका फाइदाहरू

विराटनगर, १० भदौ । फर्सी मात्र नभइ फर्सीको मुन्टालाई तरकारीको रुपमा खाँदा पनि विभिन्न फाइदाहरू हुन्छन् ।

खाँदा मीठो हुने र पकाउन पनि सजिलो हुने फर्सीको मुन्टामा भिटामिन ’ई’, ’सी’, ’ए’, ’बी ६’, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थहरू प्रशस्त पाइन्छ ।

फर्सीको मुन्टाको नियमित सेवनले रोग प्रतिरोधी शक्ति बढाएर शरीरमा विभिन्न रोग लाग्न तथा संक्रमण हुन दिँदैन ।

फर्सीको मुन्टामा कम क्यालोरी पाइने हुँदा यसले पाचन प्रणालीलाई स्वस्थ राखेर कब्जियत, अपच, ग्यास्ट्रिक जस्ता पेटसम्बन्धी रोगहरू लाग्न दिँदैन ।

यसको सेवनले शरीरबाट खराब कोलेस्ट्रोल हट्ने हुँदा उक्त रक्तचापलाई नियन्त्रण गरी मुटुरोग लाग्नबाट जोगाउँछ । फर्सीको मुन्टाको सेवनले शरीरमा भएको ग्लुकोजको मात्रालाई समेत कम गर्ने हुँदा यो मधुमेह रोगीहरूका लागि पनि फाइदाजनक हुन्छ ।

फर्सीको मुन्टामा पाइने भिटामिन सी र एन्टीअक्सीडेन्टले छालाको समस्या हुन नदिनुका साथै बढ्दै गरेको उमेरलाई छेकेर छालालाई जवान देखाउन मद्दत गर्छ ।

भिटामिन ’ए’ प्रशस्त मात्रामा पाइने फर्सीको मुन्टाको सेवम आँखाको लागि पनि राम्रो हुन्छ । फर्सीको मुन्टाको नियमित प्रयोग गरेमा यसले हाम्रो प्रजनन क्षमतामा वृद्धि गराउने गर्छ ।

फर्सीको मुन्टाले शरीरमा उत्पन्न क्यान्सरको कोषीकाहरूलाई रोकेर क्यान्सरसँग लड्ने क्षमता राख्छ ।

साथै, फर्सीको मुन्टाको सेवनले हड्डी बलियो हुने, शरीरमा प्रोटिनको मात्रा पुर्याउने तथा रगतमा हेमोग्लोबिनको मात्रा बढाएर एनेमिया हुन दिँदैन ।

Loading...