प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या ९ हजार ४२७ पुग्यो

जनकपुरधाम, १० भदाै । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नौं हजार ४२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २४६ नयाँ सङ्क्रमित थपिएसँगै संक्रमितकाे संख्या ९ जहार ४२७ पुगेको हो ।

प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार बुधबार सिरहामा दुई, धनुषामा ३३, महोत्तरीमा २०, सर्लाहीमा ७०, रौंतहटमा १३, बारामा ५३ र पर्सामा ५४ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

कुल संक्रमितमध्ये आज १२८ जना उपचारपछि घर फर्केका छन् ।

यस प्रदेशमा अहिलेसम्म चार हजार ४३९ जना उपचार गराइ निको भएर घर फर्केका छन् ।

यस प्रदेशका १९६ क्वारेन्टिनमा ८८१ जना छन् भने होम क्वारेन्टिनमा दुई हजार ५८८, आइसोलेशनमा एक हजार १२० र होम आइसोलेशनमा तीन हजार ८०४ जना रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

Loading...