जिल्ला कारागार मोरङमा रहेका कैदीको मृत्यु, कोरोना जाँच गर्ने तयारी

विराटनगर, १० भदौ । जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एकजना कैदीको मृत्यु एभएको छ ।

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर– ४ का २६ वर्षीय निराजन यादवको मृत्यु भएको हो ।

क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा समस्या भएपछि बुधबार करिब ४ बजे कोशी अस्पताल ल्याइएको थियो । अस्पताल ल्याए लगतै अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

कैदीको मृत्यु भएपछि उनको कोरोना जाँचका लागि स्वाब संकलन गरिने अस्पतालले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार यादव लागूऔषध मुद्दामा एक वर्ष ९ महिना १९ दिन कैद फैसला भएका व्यक्ती हुन । २०७६ फागुन ११ जिल्ला अदालत मोरङले कैद र ७८ हजार जरिवानाको फैसला सुनाएको थियो ।

मृतकको शवको पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

Loading...