गर्भावस्थामा तौल बढी भए बच्चाको मस्तिष्क विकासमा बाधा

विराटनगर, १० भदौ । बढी तौल भएका गर्भवती महिलाहरूको बच्चाको मस्तिष्क विकासमा बाधा पुर्याभउन सक्ने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् ।

जर्नल अफ चाइल्ड साइकोलजी एण्ड साइकियाट्री जर्नलमा प्रकाशित उक्त अध्ययनले दोस्रोदेखि त्रैमासिकमा (६ महिना वा सोभन्दा बढी) रहेका गर्भवती महिलाहरूमा अत्याधिक तौल वृद्धिले मस्तिष्कको विकासमा बाधा पुर्यालउन सक्ने देखाएको छ ।

मोटेपनको सूचकलाई जोडिएको हाई बडी मास इंडेक्स (बीएमआई) लाई प्रिफ्रन्टल कोर्टेक्स र एन्टेरियर इन्सुला नामक दुई दिमागका क्षेत्रहरूमा परिवर्तन गर्ने गर्छ ।

यी क्षेत्रहरूले निर्णय लिन र व्यवहारमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यसमा आएको परिवर्तन र अवरोधहरूले ध्यान नलाग्ने, हाईपर एक्टिभिटि डिसअर्डर (एडीएचडी), अटिजम र धेरै खाने साथ जोडिएको हुन्छ ।

२७ देखि ४७ बिएमआइ भएका १०९ महिलाहरूमा गरिएको अन्वेषणका अनुसार आमाको मोटोपनाले भ्रुणको मस्तिष्कको विकासमा भूमिका खेल्ने न्यु योर्क युनिभर्सिटीका अध्ययन लेखक मोरिया थमसन बताउँछिन् ।

अध्ययनले उच्च बीएमआई भएका आमाहरूबाट जन्मेका बच्चाहरूमा केही संज्ञानात्मक र मेटाबोलिक स्वास्थ्यमा देखापर्ने समस्याको वर्णनसमेत गर्न सक्ने बताइएको छ ।

अध्ययनकर्ताहरूले आमाको तौलले बच्चाको शरीरमा निम्तिन सक्ने समस्याहरूको बारेमा पनि थप अनुसन्धान गर्ने भएका छन् ।

Loading...