विराटनगरमा एकसाता थपियो निषेधाज्ञा, १२ बजेसम्म बजार खुल्ने

विराटनगर, १० भदौ । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा स्थानीय प्रशासनले एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार रातिबाट लागु हुनेगरी जिल्ला भर एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे ।

निषेधाज्ञा थप भएपनि खुकुलाे पारिएकाे माेरङका प्रमुख जिल्ला अधिकारी काेषहरि निराैलाले जानकारी दिए ।

बिहीबारबाट दिउँसो १२ बजेसम्म बजार खुल्नेछन् । त्यसपछि भने बन्द गर्ने निर्णय भएको निरौलाले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित ४ वटा स्थानीय तहमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको थप एकसाता जिल्ला भरी निषेधाज्ञा जारी गर्ने तर खुकुलो बनाउने निर्णय गरेकाे

‘ बजार खुकुलो बनाउँदै लैजानुपर्छ भन्ने हो ।’ उनले भने ‘ १२ बजेसम्म बजार खुला हुनेछन्, त्यसपछि बजार बन्द हुनेछ ।’

उनले तत्काल यातायात नखोल्ने निर्णय भएको बताए । निषेधाज्ञा अवधी भरी विराटनगरकाे गुद्री बजार र साप्ताहिक हाट बजार भने बन्द रहनेछन् ।

Loading...