Rumpum

Rumpum Advertisement

मेस्सी सिटी जाने संकेत, ग्वार्डीओलासँग गरे फोन वार्ता

मेस्सी सिटी जाने संकेत, ग्वार्डीओलासँग गरे फोन वार्ता

एजेन्सी, १० भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने संकेत गरेका छन् । अर्जेन्टिनी स्टार मेस्सीले बार्सिलोनाका पूर्वप्रशिक्षक तथा सिटीका कोच पेप ग्वार्डीओलासँग फोन वार्ता गरेकाे बताइएकाे छ ।

मेस्सीले क्लब छोड्ने औपचारिक जानकारी बार्सिलोनालाई गराइसकेका छन् । मंगलबार साँझ अर्जेन्टिनी स्ट्राइकर मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग आग्रह गरेका थिए ।

सर्वाधिक धेरै छ पटकका बालाेन डी’ओर विजेता मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानसँग काम गर्न नचाहेको संकेत गरे । त्यसबाहेक १४ अगस्टमा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्नसँगको ८–२ गोलान्तरको लज्जास्पद हारका कारण उनी क्लब छोड्ने मनसायमा पुगेका हुन् ।

मेस्सी र बार्सिलोनाबीचको सम्झौता एक वर्ष बाँकी छ । सो सम्झौताअनुसार मेस्सीले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाउने छन् ।

यता, बार्सिलोना भने सन् २०२१ सम्म कायम अनुबन्धअनुसार मेस्सीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नुपर्ने शर्त रहेको मान्छ । यद्यपि, मेस्सीको औपचारिक निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्ने भएको छ ।

मेस्सीको पछिल्लो अवस्थाबारे इंग्लिस म्यान्चेस्टर सिटीले अनुगमन गरिरहेको छ । यस्तैमा ग्वार्डीओलाले मेस्सीसँग फोन सम्पर्क गरेको ‘गोल डटकम’ले जनाएको छ ।