विराटनगरमा थपिए ४३ संक्रमित, कुन वडामा कति ?

विराटनगर, १० भदौ । विराटनगर महानगरपालिकामा बुधबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ महिला र ३० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार विराटनगरको वडा नंं १ मा चार पुरुष, वडा नं. २ मा एक महिला र दुई पुरुष गरी तीनजना, वडा नं. ३ मा चार महिला र एक पुुरुष गरी पाँचजना, वडा नं. ४ मा एक पुरुष, वडा नं. ५ मा दुई पुरुष, वडा नं. ६ मा तीन महिला र पाँच पुरुष गरी आठजना, वडा नंं. ८ दुई महिला र एक पुरुष गरी तीनजना, वडा नंं. १० मा दुई पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, वडा नं. ११ मा दुई महिला र दुई पुरुष गरी चारजना, वडा नं. १२ मा एक महिला र एक पुरुष गरी दुईजना, वडा नं. १५ मा छ पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Loading...