कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो हस्तक्षेप छैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, १० भदौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट पारेका छन् ।

बुधबार दिउँसाे सामाजि सञ्जाल फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री पोखरेलले राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको बताएका हुन् ।

आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन नगरेको जनाउँदै उनले लेखेका छन् , ‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागीदार हुनेसमेत विश्वास दिलाउन चाहन्छु ।’

उनले लेखेका छन् ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।’

सबै महानुभावहरूमा अनुरोध ! ——————————-केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका…

Posted by Ishwar Pokhrel on Wednesday, August 26, 2020
Loading...