काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा बुधबार थप ३०१ जना नयाँ कोरोना संक्रमित थएिका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३०१ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जना रहेका छन् ।

यसअघि मंगलबार काठमाडौंमा १७७, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना गरी २३२ जनामा संक्रमण देखिएको थियो ।

त्यसअघि सोमबार काठमाडौंमा २२४ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना नयाँ संक्रमित थपिएका थिए ।

Loading...