पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

विराटनगर, १० भदौ । नेपालमा बुधबार थप ११ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ११ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले १९ पुरुष र २ महिलाले काेराेनाबाट ज्यान गएकाे जानकारी दिए ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

बुधबार थप ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको छ । बुधबार थप ३८५ जना संक्रमित निको भएका छन् ।

Loading...