सन् २०२१ मा अटोबायोग्राफी सार्वजनिक गर्दै सैफ

विराटनगर, १० भदौ । बलिउड अभिनेता सैफ अली खानले आफ्नो अटोबायोग्राफी सार्वजनिक गर्ने भएका छन् ।

खानले आफ्नो अटोबायोग्राफी आउँदो वर्षको सन् २०२१ को अक्टुबरमा सार्वजनिक गर्ने आफ्नो ट्विटरमार्फत् जानकारी गराएका हुन् । हार्पर कालिन्सले सार्वजनिक गर्ने सैफको अटोबायोग्राफीमा सैफको व्यावसायिक र व्यक्तिगत जीवनसँग जोडिएका विषयहरू उल्लेख हुने बताइएको छ । जसमा घर, परिवार, सफलता, असफलता, बलिउडमा उनको प्रभाव, फिल्मप्रतिको मायालाई पनि समावेश गरिने छ ।

जिन्दगीमा धेरै कुरा परिवर्तन भएको हुँदा यी कुराहरूलाई सार्वजनिक नगर्ने हो भने यी सबै हराएर जाने भएकाले आफूले अटोबायोग्राफी सार्वजनिक गर्न लागेको बताएका छन् । आफ्नो किताबलाई ‘स्वार्थी प्रयास’ को रूपमा वर्णन गर्दै मानिसहरूलाई उक्त राम्रो लाग्नेमा सैफ विश्वस्त छन् ।

सैफले ट्विटरमार्फत् अटोबायोग्राफी सार्वजनिक गर्ने कुरा सार्वजनिक गरेसँगै उनको धेरै ट्रोलहरू बनिरहेको छ ।

Loading...