कोभिड १९ का लक्षण नभएका मानिसहरूले जाँच गर्नु नपर्ने : सीडीसी

विराटनगर, १० भदौ । हालसालै भाइरसको सम्पर्कमा परे पनि कोभिड १९ का लक्षण नभएका मानिसहरूले कोरोनाको जाँच गर्नु नपर्ने बताइएको छ ।

रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले कोरोभाइरस परीक्षण दिशानिर्देशहरू यस हप्ता परिमार्जन गर्दै कोभिड १९ का लक्षण नभएका मानिसहरूलाई जाँच गर्नु नपर्ने बताएका हुन् । पहिले, सीडीसीले एसिम्प्टोमेटिक भए पनि शंकास्पद जोखिम भएका तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूले भाइरस परीक्षण गर्नु पर्ने दिशानिर्देशमा सिफारिस गरिएको थियो ।

‘तर, कोभिड १९ लक्षण नभएको र संक्रमित व्यक्तिसँग सम्पर्क नहुनेहरूलाई परीक्षणको आवश्यक पर्दैन,’ दिशानिर्देशहरूमा भनिएको छ । सीडीसीले सोमबारका दिन दिशानिर्देश परिवर्तन गर्दै संक्रमण भएको व्यक्तिसँग ६ फिटभित्र १५ मिनेटको सम्पर्कका रहे पनि लक्षणहरू छैनन् भने भाइरस परीक्षण गर्नु आवश्यक नभएको जनाएको छ ।

तर, लक्षणहरू देखिएमा, कमजोर व्यक्ति भएमा, स्वास्थ्य सेवा प्रदायक, राज्य वा स्थानीय सार्वजनिक स्वास्थ्य अधिकारीहरूले भाइरस परीक्षण गर्नु सल्लाह दिन्छन् । यदि जाँच गराएमा परीक्षणको नतिजा नआएसम्म होम क्वारेन्टाइनमा बसी डाक्टर तथा स्वास्थ्यकर्मीको सल्लाह अनुशरण गर्नुपर्छ ।

Loading...