Rumpum

Rumpum Advertisement

बुधबार थप ३८५ जना कोरोनामुक्त

बुधबार थप ३८५ जना कोरोनामुक्त

विराटनगर, १० भदौ । बुधबार थप ३८५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा थप ३८५ जनामा संक्रमणमुक्त भएको जानकारी दिएको हो ।

यससँगै कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।

बुधबार थप ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाकाे काेराेनाबाट ज्यान गएकाे छ । यससँगै संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १७५ पुगेकाे छ ।