नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो

विराटनगर, १० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३४ हजार नाघेको छ ।

बुधबार थप ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको छ । बुधबार थप ३८५ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ११ जनाकाे काेराेनाबाट ज्यान गएकाे छ । यससँगै संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १७५ पुगेकाे छ ।

Loading...