बोल्टको पार्टीमा सहभागी बेले क्वारेन्टाइनमा

एजेन्सी, १० भदौ । जमैकन धावक उसैन बोल्टको बर्थडे पार्टीमा सहभागी भएका जर्मन क्लब बायर लिभरकुसेनका स्टार लियोन बेले सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

वर्ल्ड रेकर्डधारी बोल्टलाई कोरोना संक्रमण पुष्टि भएपछि जमैकन स्टार बेले सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

बेले गत शुक्रबार राति बोल्टको बर्थडे पार्टीमा सहभागी भएका थिए । शनिबार काेराेना परीक्षण गर्दा बाेल्टको रिपोर्ट पोजिटिभ आएको थियो ।

सोमबार राति सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै बोल्टले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए ।

ट्वीटरमा एक भिडियो पोस्ट गर्दै उनले शनिबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको र हाल आफू आइसाेलेशनमा रहेकाे जनाएका थिए ।

त्यसअघि २१ अगस्टमा बोल्टले जमैकामा आफ्नो ३४औं जन्मदिन एक भव्य पार्टी दिँदै मनाएका थिए । त्यहाँ बेलेसहित म्यानचेस्टर सिटीका फुटबलर रहीम स्टर्लिङ र वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलको पनि सहभागिता थियो ।

जसमा स्टर्लिङ र गेलको कारोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेको छ । बेलेको भने रिर्पोट आए–नआएको खुलाइएको छैन ।

Loading...