दमकमा औषधि व्यवसायीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि

झापा, १० भदौ । झापाको दमक नगरपालिकामा बुधबार थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एक साताअघि स्वाब संकलन गरेर परीक्षणका लागि विराटनगर पठाइएकोमध्ये १५ जनाको कोरोना पोजिटिभ देखिएको हो । आज संक्रमण देखिएकामध्ये दुई जना औषधि व्यवसायी रहेको नगरपालिका स्रोतले जनाएको छ ।

संक्रमितहरू केही नगरपालिकाको क्वारेन्टाइनमा रहे पनि अधिकांश भने होम क्वारेन्टाइनमा छन् ।

अहिले नगरपालिका स्वास्थ्य शाखाको आकस्मिक बैठक बसिरहेको छ । बैठकमा संक्रमितहरूको बसोबास क्षेत्रलाई सिल गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।

Loading...