सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

धनगढी, १० भदौ । कोरोना भाइरस संक्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–११ का ४५वर्षीय पुरुषको आज मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले मंगलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताए ।

फोक्सो र कलेजोसम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालको आइसोलेशनमा २० जना कोरोना संक्रमित उपचारत रहेको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाइएको छ ।

Loading...