Rumpum

Rumpum Advertisement

मोरङका छ स्थानीय तहमा लकडाउन एक साता थप

मोरङका छ स्थानीय तहमा लकडाउन एक साता थप

विराटनगर, १० भदौ । मोरङका छवटा स्थानीय तहले थप एक साता लकडाउन गर्ने निर्णय गरेको छ । मोरङको रंगेली नगरपालिकामा भएको छलफलमा मोरङको दक्षिणी क्षेत्रमा रहेका छवटा स्थानीय तहले एक साता लकडाउन थप गर्ने निर्णय गरेका हुन् ।

मोरङको दक्षिणी क्षेत्रका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतहरुको बैठकले बुधबारबाट लागू हुने गरी एक साता लकडाउन थप गर्ने निर्णय गरेको रंगेली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकामा एक साता लकडाउन गप गर्ने निर्णय भएको हो ।

बैठकले यसअघि जारी गरेको भाद्र १० गतेसम्मको लकडाउनलाई थप सात दिन लम्ब्याउने निर्णय गरेको हो ।