करिब २० किलो हरिणको मासु बरामद

झापा, १० भदौ । सशस्त्र प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका-५ स्थित पानीघट्टाबाट हरिणको मासु बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोली गए राति हरिणको मासु बरामद गरेको हो ।

केही व्यक्तिहरूले जंगलबाट हरिण ल्याएको र त्यसलाई मारेर मासु काटिरहेको गोप्य सूचनाको आधारमा अन्दाजी २० किलो मासु बरामद भएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए ।

सशस्त्र प्रहरीले घटनास्थलमा हरिणको मासु फेला पारेको थियो । तर, घटनामा संलग्न व्यक्तिहरू सशस्त्र प्रहरी पुग्नासाथ फरार भएको जनाइएको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको हरिणको मासु डिभिजन वन कार्यालय झापाका रेन्जर कुलप्रसाद भट्टराईलाई जिम्मा लगाएका थिए ।

घटनास्थलमा हरिणको सिङ र शरीर दुवै फेला परेको उनले बताए ।

Loading...