‘मुटुभरि देश बोकी’ आए रामकृष्ण ढकाल र मेलिना राई (भिडियोसहित)

विराटनगर, १० भदौ । राष्ट्रिय भाव बोकेको ‘मुटुभरि देश बोकी’ शीर्षकको गीत सार्वजनिक भएको छ ।

चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको म्युजिक भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका कवि तथा गीतकार महेश्वर शर्माको शब्द रहेको गीतमा आनन्द राईले संगीत भरेका छन् भने महाराज थापाको संगीत संयोजन रहेको छ ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा महेश्वर शर्मा, रामकृष्ण ढकाल, मेलिना राई, आनन्द राईका साथै सरोज दाहाल, साक्षी लम्साल, सोनम पाण्डे शर्मा, कृष्ण शर्मालगायतको प्रस्तुति देख्न सकिन्छ । राज पोखरेल र दीपेन्द्र भट्टको छायांकनमा तयार भएको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

Loading...