प्लाज्मा थेरापीका विषयमा बढाइचढाइ बोलेकोमा एफडीएका शीर्ष डाक्टरले मागे माफी

विराटनगर, १० भदौ । कोभिड १९ को उपचारमा प्लाज्मा थेरापीका फाइदाहरू बढाइचढाइ गरेर बोलेकोमा अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)का शीर्ष डाक्टरले माफी मागेका छन् ।

बीबीसीमा उल्लेख गरिएअनुसार कोरोना भाइरस बिरामीहरूको उपचारका लागी प्लाज्मा थेरापीलाई अनुमति दिएपछि एफडीए कमिश्नर स्टीफन हान विवादमा आएका थिए । प्लाज्मा थेरापीको उपचारले जीवन बचाउन सकिने भन्दै हानले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्लाज्मा थेरापीको बारेमा बोलेको विषयलाई साँचो रहेको बताएका थिए ।

तर, मायो क्लिनिकको प्रारम्भिक नतिजाहरूको आधारमा प्लाज्मा थेरापीले मृत्युदरलाई ३५ प्रतिशतले मात्र घटाउन सक्ने दावी गरेको थियो । वैज्ञानिकहरूले हानले रिपोर्ट गरिएको डाटामा प्रश्न गर्न थालेपछि उनले माफी मागेका हुन् । ट्रम्प प्रशासनलाई समर्थन गरेको आरोपसँगै राजनीति गरेको भन्दै हानले आलोचनाको सामना गर्नु परेको छ ।

ट्रम्प प्रशासनले ३ नोभेम्बरमा हुने राष्ट्रपति पदको चुनाबलाई ध्यानमा राख्दै कोभिडको उपचारलाई गति दिइरहेको छ ।

Loading...