Rumpum

Rumpum Advertisement

विराटनगरको एउटै वडामा ११६ संक्रमित, कुन वडामा कति ?

विराटनगरको एउटै वडामा ११६ संक्रमित, कुन वडामा कति ?

विराटनगर, १० भदौ । विराटनगरको एउटै वडामा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ । समुदायस्तरमा संक्रमण देखिएको विराटनगर महानगरपालिका–१२ मा कोरोना संक्रमितको संख्या ११६ पुगेको हो । सो वडामा मंगलबार पाँचजना संक्रमित थपिएका थिए ।

विराटनगर महानगरपालिकाको तथ्याङ्कअनुसार विराटनगरभित्र ८५५ जना कोरोना संक्रमित छन् । तीमध्ये २६५ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी वडा नम्बर १२ मा ११६ जना छन् । वडा नम्बर ६ मा ८० जना, वडा नम्बर ९ मा ७४ जना, वडा नम्बर ८ मा ६७ जना छन् । १९ वटा वडा रहेको विराटनगरको वडा नम्बर १९ मा आजसम्म कोरोना संक्रमित भेटिएका छैनन् । संक्रमितमध्ये ६२ जनाको वडा खुलेको छैन् ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार विराटनगर १ नम्बर वडामा १३ जना कोरोना संक्रमित छन् । वडा नम्बर २ मा ५० जना संक्रमित छन् । जसमध्ये सातजना कोरोनामुक्त छन् ।

वडा नम्बर ३ मा ५२, ४ मा २३, ५ मा ५४ र ६ मा ८० कोरोना संक्रमित छन् । संक्रमितमध्ये वडा नम्बर ३ का आठजना, ४ का चारजना, पाँचका आठजना र ६ का सातजना संक्रमणमुक्त भएका छन् ।

विराटनगर ७ नम्बर वडामा ५३ जना संक्रमित छन् । तीमध्ये पाँचजना संक्रमणमुक्त भएका छन् । वडा नम्बर ८ मा ६७, ९ मा ७४, १० मा ३१, ११ मा ५५, १२ मा ११६, १३ मा २१ र १४ मा १६ जना संक्रमित छन् । संक्रमित मध्ये वडा नम्बर ८ मा पाँचजना, ९ मा १९ जना, १० मा दुईजना, ११ मा छजना, १२ मा तीनजना र १३ मा चारजना संक्रमणमुक्त भएका छन् ।

विराटनगर १५ मा ४१ जना कोरोना संक्रमित छन् । वडा नम्बर १६ मा २७ जना, १७ मा २६ जना, १८ मा ४ जना संक्रमित छन् ।

संक्रमितमध्ये वडा नम्बर १५ मा एकजना र १८ मा पाँचजना कोरोनामुक्त भएका छन् । वडा नम्बर १९ मा आजसम्म कोरोना संक्रमण नदेखिएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।