बाराका दुई कोरोना संक्रमितको वीरगन्जमा मृत्यु

बाराका दुई कोरोना संक्रमितको वीरगन्जमा मृत्यु

विराटनगर, १० भदौ । बाराका दुई जना कोरोना भाइरस संक्रमित दुई पुरुषको वीरगञ्जमा मंगलबारराति मृत्यु भएको छ ।

वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत एक जना ७० वर्षीय वृद्धा र अर्का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै जनाको वीरगञ्जमै उपचार भइरहेको थियो ।

मृतक ४२ वर्षीय पुरुष बाराको विश्रामपुर गाँउपालिका १ का हुन् । मंगलबार नै रिपोर्ट पोजेटिभ आएका उनको राति पौने ११ बजे मृत्यु भएको हो । नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरोसमेत आएको बताए ।

त्यस्तै ७ दिनदेखि उपचाररत बाराकै कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । भदौ २ गते पीसीआर परीक्ष्ण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार राति ८ बजे मृत्यु भएको डा. चौरसीयाले जानकारी दिए।

वीरगन्जमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। मृतकमध्ये १ बेवारिसे युवकसहित पर्साका ३१ जना, बाराका ९ जना र रौतहटका २ जना छन् ।